कैलाली । नारायणगढ-काठमाडौँ सडकखण्डअन्तर्गत शुक्रबार बिहान ११ बजे रोयल इन्फिल्ड बाइक दुर्घटनाग्रस्त भएको छ । चट्टाने भीरमा डिभाइडरमा ठोक्किएपछि बाइक चालक त्रिशूली नदीमा खसेका छन् ।

दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले चालकको खोजी तथा उद्धार कार्य जारी राखेको छ । हालसम्म चालकको पहिचान स्पष्ट नभए पनि घटनास्थलमा फेला परेको झोलाबाट रोहित राना नाम लेखिएको परिचयपत्र प्राप्त भएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । साथै, घटनाको थप विवरण आउन बाँकी रहेको छ । यदि कोही पनि रोहित रानाका आफन्त वा परिचित हुनुहुन्छ भने कृपया सम्बन्धित निकायलाई जानकारी गराइदिनुहोला ।

यो जानकारी सबैलाई सेयर गरेर चालकका आफन्तसम्म पुर्याउन सहयोग गर्नुहोला ।