कञ्चनपुरको लालझाडीमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण  को खेल माघ १६ गते  उद्दघाटन भएको थियो। सो प्रतियोगिता जारी रहेको छ। लालझाडी अध्यक्ष कपको आज ९औं दिन एक खेल मात्र भएको छ ।

आज भएको  खेलमा झिलमिला युवा समाज बेलडाडी-०५ र SYC बेदकोट-०३ दैजी बिचको खेलमा झिलमिला युवा समाजले (७-०) गोलको अन्तरले जित हासिल गरेको छ । यो खेल  संगै झिलमिला युवा समाज सेमिफाइनल मा प्रवेश गरेको छ । खेलमा म्यान अफ द म्याच ४ गोल गरेका शेखर ओखेडा भए ।

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल खेलहरु भोलि माघ २५ गते हुने छन् ।पहिलो सेमिफाइनल खेल दिउँसो १:०० बजे बेलडाडी-०१ र झिलमिला युवा समाज हुनेछ । भने दोस्रो सेमिफाइनल खेल दिउँसो ३:०० बजे लालझाडी-०४ देखतभुली जाई र लालझाडी-०५ देखतभुली बीचमा हुनेछ ।