धनगढी – कैलालीको  धनगढीमा रहेको नोभा हस्पिटलमा बिरामी कुरुवा शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।

बुधवार राति कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन ।

१७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कवीन्द्र सिंह बोहराले बताए ।

राती २ बजेतिर शौचालय गएका राना धेरै बेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।