दिनेश राना/कैलाली – धनगढीमा हुने सिप तथा रोजगार मेलाका लागि ४ हजार ७२२ जनाले आवेदन दिएका छन् । फागुन ८ गतेदेखि चैत ८ गतेसम्म लाग्ने मेलाका लागि सुदूरपश्चिमका सबै स्थानीय तहबाट युवाहरूले आवेदन भरेका हुन् । धनगढी उपमहानगरपालिकाले १८ देखि ४० वर्षका युवाहरूलाई स्वरोजगार हुन सहयोग पुगाउन विभिन्न ८ विधामा २९ किसिमका तालिम दिन लागेको हो ।
१ हजार ११२ जनालाई विभिन्न २९ किसिमको तालिम दिन लागिएको छ । केही विधामा न्यून आवेदन परेकाले तालिम लिन इच्छुक युवाहरूलाई फाराम भर्न आग्रह गरिएको छ । एक महिनासम्म चल्ने तालिमका लागि केही विधामा अत्यधिक आकर्षण देखिएको छ भने केही विधामा न्यून आवेदन परेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए ।






