दिनेश राना/धनगढी – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायले आफ्नो विशिष्ट पहिचानको उत्सवको रुपमा पाँचौं रानाथारु सूचीकरण (पहिचान) दिवस मनाएको छ। नेपाल रानाथारु समाजको आयोजनामा धनगढीमा आयोजित एक विशेष कार्यक्रमका बीच यो दिवस मनाइएको हो।


यस वर्षको दिवसमा रानाथारु समुदायका १५ जना अन्तर्राष्ट्रिय खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो । उनीहरुको खेलकुदमा योगदानको कदर गर्दै समाजले यो सम्मान प्रदान गरेको हो । कार्यक्रममा रानाथारु समुदायको संस्कृति र परम्परालाई जीवन्त राख्ने विभिन्न सांस्कृतिक प्रदर्शनीहरू पनि प्रस्तुत गरिएका थिए ।

१. खुश्बु राना, खोःखो, विश्वकप उपविजेता
२. जोगेन्द्र राना, खोःखो विश्वकप उपविजेता
३. बन्धु राना, कबड्डी अन्तर्राष्ट्रिय खेलाडी
४. सूरज राना, खोःखो अन्तर्राष्ट्रिय खेलाडी
५. देवराज राना, ब्याटमिन्टन अन्तर्राष्ट्रिय खेलाडी
६. लाल बहादुर राना, कराँते राष्ट्रिय खेलाडी
७. अशोक राना, भलिबल अन्तर्राष्ट्रिय खेलाडी अन्डर १९
८. फुलमती राना
९. चन्द्र राना, भलिबल अन्तर्राष्ट्रिय खेलाडी
१०. शिशिर राना, ब्याटमिन्टन अन्डर १९ अन्तर्राष्ट्रिय खेलाडी
११. राजु राना, ब्याटमिन्टन अन्डर १९ अन्तर्राष्ट्रिय खेलाडी
१२. ममता राना, ह्याण्डबल अन्तर्राष्ट्रिय खेलाडी
१३. हेलिना राना, ह्याण्डबल अन्तर्राष्ट्रिय खेलाडी
१४. सुरज राना, रग्बी अन्तर्राष्ट्रिय खेलाडी
१५. रन्जु राना, ब्याटमिन्टन अन्तर्राष्ट्रिय खेलाडी

२०७६ सालमा माघ २० गतेका दिन रानाथारु जातिलाई आधिकारिक रुपमा सूचीकरण गरिएको थियो । यसपछि आफ्नो छुट्टै पहिचान स्थापित भएको र अधिकार प्राप्तिको मार्ग खुलेको महसुस गर्दै यो समुदायले माघ २० गतेलाई हरेक वर्ष सूचीकरण दिवसको रुपमा मनाउँदै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री नारदमुनी रानाले रानाथारु समुदायको एकतामा जोड दिए । उनले समुदायको विकासको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

भिडियो https://fb.watch/xvUCYkW9ID/


विशिष्ट अतिथि संविधान सभा सदस्य कृपा राम रानाले सूचीकरणले पहिचानको आधार खडा गरे पनि अझै धेरै अधिकार प्राप्त गर्न बाँकी रहेको बताए । उनले यसका लागि निरन्तर संघर्ष आवश्यक रहेको उल्लेख गरे ।


धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले स्थानीय सरकार समुदायको विकासको लागि सधैं तत्पर रहेको बताइन् । उनले युवाहरूलाई लक्षित गरी विभिन्न रोजगार र सीपमुलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिइन् ।


कार्यक्रममा स्थानीय धनगढी उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोती राम राना थारु, वडा नं १० का वडा अध्यक्ष शिव कुमार राना, वडा नं १५ का वडा अध्यक्ष सुकदेव राना, वडा नं १७ का वडा अध्यक्ष माधव राज राना, पूर्व वडा नं १० का वडा अध्यक्ष राजेन्द्र राना, रानाथारु उत्थान मंच संस्थापक अध्यक्षधोके रानापूर्व महासचिव राजकुमार राना, रामदिन राना, शिव राज राना,

भलमन्सा

मोली राना, कैलाली गाउँ

भज्जी राना, धनगढी गाउँ

आसेराम राना, कैलाली गाउँ

राम आसरे राना, चटकपुर, बुद्धिजीवी, समाजसेवी र रानाथारु समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।

नेपाल रानाथारु समाजका अध्यक्ष कमल सिंह राना को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव सहदेव रानाले गरेका थिए ।