दिनेश राना/धनगढी, कैलाली – देवरिया सामुदायिक वन उपभोक्ता समूह, धनगढी–७, कैलालीको निर्वाचन परिणाम सार्वजनिक भएको छ। अध्यक्ष पदमा भागीराम चौधरी (मोबाइल फोन चुनाव चिन्ह) विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी धन बहादुर शाह (तारा चुनाव चिन्ह) लाई ३४ मतले पराजित गर्दै अध्यक्ष पद जितेका हुन्।
अध्यक्ष पदका लागि भएको मतदानमा:
भागीराम चौधरी (मोबाइल फोन) – ३९२ मत
धन बहादुर शाह (तारा) – ३५८ मत
जम्मा खसेको मत – ७७९
त्यस्तै, सदस्य पदमा चन्द्राकला खनाल (साइकल चुनाव चिन्ह) विजयी भएकी छिन्। उनले २५२ मतको फराकिलो अन्तरले सिता गिरी (कमलको फूल चुनाव चिन्ह) लाई पराजित गरेकी हुन्।
सदस्य पदका लागि भएको मतदानमा:
चन्द्राकला खनाल (साइकल) – ४९६ मत
सिता गिरी (कमलको फूल) – २४४ मत
जम्मा खसेको मत – ७७८
निर्वाचन संयोजक मोति रानाथारुका अनुसार निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।