कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरको भीमदत्त नगरपालिका सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ।

कलौनीको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो घटनाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू शोकमा रहेका छन् ।

अच्युत कलौनी नेपाली कांग्रेसका क्रियाशील नेता थिए। स्थानीय विकास तथा पार्टी सुदृढीकरणमा उनको योगदान उल्लेखनीय रहेको पार्टीका सहकर्मीहरूले बताएका छन्।

विद्यार्थी राजनिती देखि पार्टीमा लामो समयदेखि सक्रिय रहेका कलौनीले विभिन्न सामाजिक काममा समेत सक्रिय भूमिका निभाउँदै आएका थिए।