नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं ४ को कञ्चन जाई यूथ क्लब को आयोजना गरिएको २० औं संस्करणको खुल्ला फुटबल प्रतियोगिता २०८१ को उपाधि अंकित अटो वर्कशप ले जीत हासिल गरेको छ। माघ ९ गते सुरु भएको खेल मा जम्मा २२ टीम को सहभागिता रहेको थियो भने प्रतियोगीता लाई मुख्य प्रयोजन कञ्चन सामुदायीक वन उपभोक्ता समूह गरेको थियो भने सहप्रयोजन जाई ग्रामीण सहकारी संस्था लिमिटेड ,समन्वय लालझाडी गाउँपालिका वडा नं ४ को कार्यलय ,संरक्षण लालझाडी गाउँपालिका गरेको थियो।






प्रतियगितामा फाइनल खेल मा खेल अवधि भरि कुनै टीम मा गोल ना भएकोले ट्राराईब्रेकर बाट अंकित अटो वर्कशप ४ र संघर्ष युवा क्लब ले ३ गोल बाट संघर्ष युवा क्लब ले हार खेप्नु पर्यो।यस प्रतियोगिता मा प्रथम पुरस्कार अंकित अटो वर्कशप ले ६६ हजार ६ सय ६६ रुपैयाँ , ट्रफी,प्रमाण पत्र प्राप्त गर्नु भएको थियो भने दृतिया पुरस्कार संघर्ष युवा क्लब ले ३६ हजार ६ सय ६६ रुपैयाँ ट्रफि ,प्रमाण मा चित्त बुझाउनु परेको थियो।




समापन कार्यक्रम मा कञ्चन जाई यूथ क्लब का अध्यक्ष राम कृष्ण सभाध्यक्ष रहनु भएको थियो प्रमुख अतिथि लालझाडी गाउँपालिका का उपाध्यक्ष सपना चौधरी राना रहनु भएको भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बहादुर राना ,वडा सदस्य गर्भु राना,वडा नं २ वडा सदस्य भिरा राना रहनु भएको थियो। समापन कार्यक्रम प्रमुख अतिथि सपना चौधरी राना ले विजेता र उपविजेता लाई बधाई का सँगै आउँदो वर्ष देखि यो कञ्चन जाई यूथ क्लब को खेलमैदान मा निरन्तरता खेल हुने बताएकी थिन सँगै आउँदो वर्ष लालझाडी अध्यक्ष कप २०८२ मा यो कञ्चन जाई यूथ क्लब को खेल मैदान मा हुने जानकारी गराएर जानु भएको थियो। कार्यक्रम मा स्वागत मन्तब्य क्लब का सचिव नरेश राना सँगै उद्घोषक शिक्षक डबल बहादुर राना ले सञ्चालन गर्नु भएको थियो।






