नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ मा कञ्चन जाई यूथ क्लब को आयोजना मा २० औं संस्करणको खुल्ला फुटबल प्रतियोगिता भोलि दिउँसो २ बजे अंकित अटो सर्विस र संघर्ष युवा क्लब बीच फाइनल खेल हुनेछ।
माघ ९ गते उद्दघाटन भएको खेल मा जम्मा २२ टीम को सहभागिता रहेको थियो। २० औं टीम लाई पाखा लगाउँदै अंकित अटो सर्विस र संघर्ष युवा क्लब ले फाइनल तय गरिएको छ। ।कञ्चन जाई युथ क्लव द्वारा २०औं संस्करणको फुटबल प्रतियोगिता को प्रथम पुरस्कार ६६,६६६ रहने छ भने दोस्रो पुरस्कार ३६,६६६ साथमा सानदार ट्राफि ,मेडल ,प्रमाण पत्र दिइएने छ।






