नरेश राना, माघ १४
कञ्चनपुरका दुई राना छात्राले स्वास्थ्य प्राविधिक शिक्षामा उत्कृष्ट स्थान हासिल गरेकी छिन ।
लालझाडी गाँउपालिका ४ की दिपा राना र बेलौरी नगरपालिका ८ की प्रियका रानाले स्वास्थ्य प्राविधिक शिक्षामा उत्कृष्ट स्थान हासिल गरेकी हुन ।

प्रियका भावेश्वर हेल्थ कलेज नेपालगन्ज डाईनोजिष्टक रेडियोग्राफि तेस्रो बर्षको अन्तिम परीक्षामा ९२.६ प्रतिशत र दिपाले कैलपाल हस्पिटल एण्ड कलेजबाट मेडिकल लेब्रोटरी प्राविधिकमा ९१.४४अंक ल्याएकी छिन । कञ्चनपुर ग्रामिण भेगका दुवै रानाथारु समुदायका छात्राले प्राविधिक शिक्षामा उत्कृष्ट स्थान हासिल गरेसंगै बधाईको ओईरो छ ।






