बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी-बेलडाँडी सडक खण्डको आमखैया पुल नजिक रहेको नहरमा डुबेको अवस्थामा एकजना अन्दाजी ५०/५२ वर्षीय पुरुष मृत फेला परेका छन्।

आज दिउँसो उक्त सडकमा आवतजावत गर्ने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। नहरको पानीमा तैरिरहेको लाशको हालसम्म सनाखत नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शवलाई सनाखत र पोष्टमार्टमका लागि महाकाली अस्पताल पुर्याइएको छ। मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।