नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको कञ्चन जाई युथ क्लब को २० औं संस्करणको खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। कार्यक्रम मा सभाध्यक्ष कन्चन जाई युथ क्लव का अध्यक्ष राम कृष्ण राना रहनु भएको थियो।


प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना,वडा नं ४ का वडा अध्यक्ष बहादुर राना,वडा सदस्य गर्भु राना ,रहनु भएको थियो। कार्यक्रम मा स्वागत मन्तब्य कञ्चन जाई युथ क्लव का सचिव नरेश राना ले प्रस्तुत गर्नु भएको थियो। उद्दघाटन कार्यक्रम मा बोल्दै प्रमुख अतिथि ले यस्ता खेल ले हाम्रो समाज मा विकृति लागु औषत को निउनीकरण गर्न सक्छौं र पालिका बाट हुने सहयोग यस खेल लाई सहयोग गर्ने बताएका थिए।

कञ्चन जाई युथ क्लव द्वारा २०औं संस्करणको फुटबल प्रतियोगिता को प्रथम पुरस्कार ६६,६६६ रहने छ भने दोस्रो पुरस्कार ३६,६६६ साथमा सानदार ट्राफि ,मेडल ,प्रमाण पत्र दिइएने छ। प्रतियोगिता मा उद्दघाटन खेल मा अमृता नास्ता पसल VS कञ्चन जाई युथ क्लव बीच भएको खेल मा समय अबधिभर कुनै टीमले गोल गर्न नसकेर प्लान्टीक शूट आउट बाट कञ्चन जाई युथ क्लबले २का विरुद्ध ३ गोल ले सानदार जित हासिल गरेका थिए। त्यसै गरी भोलि हुने पहिलो खेल साहसी युवा क्लब vs दोस्ती नास्ता पसल दोस्रो खेल नेपाल पुलिस क्लव vs महाकाली एडभन्चर बीच हुने आयोजक ले बताउनु भएको थियो ।कार्यक्रम वैजनाथ निम्न माध्यमिक विद्यालय का शिक्षक डबल बहादुर राना ले सञ्चालन गर्नु भएको थियो ।






