नरेश राना / कञ्चनपुर 

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ कञ्ज मा वडा स्तरीय तेसर माघी मिलन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम मा वडा स्तरीय तेसर माघी मिलन कार्यक्रम का अध्यक्ष विनोद चौधरी को अध्यक्षतामा सो  कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो। विशिष्ठ अतिथि वडा नं २ का वडा अध्यक्ष आशाराम राना अतिथि वडा सदस्य ,भल्मन्सा,सामुदायीक वन का अध्यक्ष ,कृषक समूह का अध्यक्ष, लालझाडी गाउँपालिका का भलमन्सा संयोजक अतिरम चौधरी,भानु माध्यमिक विद्यालय का अध्यक्ष प्रकाश राना ,रहेका थिए। कार्यक्रम मा वडा सदस्य दिल माया चौधरी ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रम मा प्रमुख अतिथि ले आफ्नो रीतिरिवाज,भेषभुषा,पहिरन, र आफ्नो संस्कृति लाई हामीले बचाई राख्न हाम्रो कर्तब्य हो । यसलाई बचाई राख्नु नै हाम्रो धर्म हो भनेर तेसर माघी मिलन को शुभकामना दिनु भएको थियो।कार्यक्रम मा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको थियो।भने कार्यक्रम लाई रामचन्द्र चौधरी और पुनम चौधरी ले सञ्चालन गर्नु भएको थियो।