ज्ञानु राना/धनगढी, पौष २८ – रानाथारु आदर्श युवा क्लबको आयोजनामा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। पौष २४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पौष २८ गते सम्पन्न भयो।

प्रतियोगितामा आयोजक (A) टोली रानाथारु आदर्श युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्‍यो। एपीएफ टोली दोस्रो स्थानमा रहँदा, कालिका एजुकेसन वृषकोर्षले तेस्रो स्थान प्राप्त गर्‍यो। विजेता टोलीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रथम पुरस्कार: नगद रु ५१,१११, द्वितीय पुरस्कार: नगद रु ३१,१११, तृतीय पुरस्कार: नगद रु ११,१११ प्रदान गरिएको थियो।

प्रतियोगिताको समापन कार्यक्रममा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि पूर्व वन तथा वातावरण मन्त्री माननीय नारद मुनी रानाले विजेता टोलीहरूलाई पुरस्कार वितरण गरे।

समारोहमा विशिष्ट अतिथि धनगढी उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जुग राम चौधरी, नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमल सिंह राना, वडा नं. ७ का वडाअध्यक्ष मोती राना थारु, धनगढी गाउँका भलमन्सा भाज्जी राना, र नेपाल रानाथारु समाज कैलालीका अध्यक्ष लाल बहादुर राना लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

रानाथारु आदर्श युवा क्लबका अध्यक्ष श्याम लाल रानाले आगामी दिनमा अझ उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने र महिला भलिबल प्रतियोगितासमेत गर्ने योजना रहेको बताए।

यो प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा मात्र नभई स्थानीय युवाहरूको उत्साह अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।