नरेश राना/ लालझाडी
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ५ स्थित लालझाडी गाउँ खेलकुद समितिको आयोजना मा तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ माघ १६ गतेदेखि हुने जानकारी गराएका हुन।
राष्ट्रका लागि खेलकुद , स्वास्थका लागि खेलकुद नारा का साथ खेल प्रतियोगिता लालझाडी गाउँपालिका वडा नं ५ ईटहा चारपाते युवा क्लबको खेल मैदानमा हुने आयोजकले बताएका हुन । प्रतियोगितामा मुख्य आयोजक लालझाडी गाउँपालिका समन्वय लालझाडी गाउँपालिका वडा नं ५ को कार्यलय रहने छ, प्रतियोगितामा प्रथम पुरस्कार १ लाख २१ हजार १ सय २१ द्वितीय पुरस्कार ७१हजार १ सय ७१ रुपैयाँ सानदार ट्रफि रहेको छ ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका वडा स्तरियका वडा अध्यक्षको अनिवार्य सिफारिस सहित टीम दर्ता गरिने र एक टीममा बाहिरका ४ जना खेलाडी सहभागी गराउने बताएका हुन । प्रतियोगितामा खेल शानदार बनाउन का लागि लालझाडी गाउँपालिका का प्रत्येक वडा बाट १,१ टीम र कृष्णपुर नगरपालिका वडा नं २ र ३ को भेट्रान टीम सहभागी गराउने र पुरस्कार दिने भनेर लालझाडी गाउँ खेलकुद समिति का अध्यक्ष प्रकाश रानाले बताएका हुन ।

उद्घाटन समारोहमा उद्घाटन खेल गराइने वडा नं ५ का वडा अध्यक्ष पहल बहादुर थापाले नगद पुरस्कार दिने र आवश्यक सहयोग गर्ने जानकारी गराएका हुन ।
कार्यक्रममा ICYC का अध्यक्ष पहिलाद राना सहित पदाधिकारी , खेलाडीहरू र स्थानीयको उपस्थिति रहेको थियो ।






