कृष्णपुर : कृष्णपुुर नगरपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीताको उपाधि कञ्चन माविले जितेको छ । बिहिबार वडा न.२ वाणीमा रहेको सरस्वती माविको खेल मैदानमा सम्पन्न खेलमा वडा न.७ मा शान्तीपुरमा रहेको कञ्चन माविले १७ स्वर्ण,५ रजत र १० कास्य गरी ३२ पदकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जितेको छ ।


त्यस्तै वडा न.२ वाणीमा रहेको जेबी एकेडेमीले दोश्रो स्थान हाँसिल गरेको छ । जेबी एकेडेमी ७ स्वर्ण,९ रजत र १३ कास्य गरी २९ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ ।
६ स्वर्ण,२ रजत र ४ कास्य गरी १२ पदकका प्राप्त गर्दै वडा न.५ मा गुलरीया रहेको कञ्चनजंगा इ.बो.स्कुलले तृतिय स्थान हाँसिल गरेको छ भने ५ स्वर्ण,३ रजत र ३ कास्य गरी ११ पदक जितेको उदय मावि बंकले चौथो स्थान हाँसिल गरेको छ ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य गीता चौधरी,नगरप्रमुख हेमराज ओझा,उपप्रमुख द्रोपती राना,वडा न २ का अध्यक्ष अर्जुन साउँदले मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन ।

१५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीतामा १४ सामुदायिक र १२ संस्थागत गरी कुल २६ विद्यालय सहभागी थिए । समापन समारोह कृष्णपुर नगरपालिकाका अध्यक्ष हेमराज ओझाको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य गीता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहमा नगरउपप्रमुख द्रोपती राना,वडा न.२ का अध्यक्ष अर्जुन साउँद लगायतको उपस्थिति रहेको थियो ।






