नरेश राना/कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकामा पालिका स्तरीय माघी मिलन कार्यक्रम माघ २ गते हुने भएको छ। प्रत्येक वर्ष जस्तै यो वर्ष पनि लालझाडी गाउँपालिका वडा नं ३ डुङ्गा को सरस्वती माध्यमिक विद्यालय को प्राङ्गण मा माघी मिलन बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ।थारु भाषा कला संस्कृति हमर पहिचान यिहि बचैना हमर साझा अभियान मूल नारा के सँगै आठौ माघ मिलन बृहत सांस्कृतिक कार्यक्रम मा राष्ट्रिय कलाकार मोडेल लेहन्जा चौधरी ,गायिका मोडेल सोनु कुस्मि र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती हुने कार्यक्रम संयोजक वीर बहादुर चौधरी ले जानकारी गराउनु भएको थियो।
कार्यक्रम मा माघी मिलन समिति को आयोजना , लालझाडी गाउँपालिका एवम् ३ नं वडा कार्यलय को मुख्य प्रायोजन मा ,प्रायोजक शुभम् कन्ट्रक्सन , सह प्रायोजक शोभताल रेस्टुरेन्ट,सन्तोष गल्ला तथा खरिद बिक्री कोलु मिल,साउद बिजुली भण्डार ,रानी बन् सामुदायीक अपभोक्ता समूह,अमृत पुस्तक पसल ले प्रयोजन गरी कार्यक्रम सञ्चालन मा सहयोग गर्नु भएको आयोजक ले बताउनु भएको थियो।






