नरेश राना / कञ्चनपुर 

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३ मा रहेको बल्मी ग्रामीण विद्युत सहकारी संस्थाको को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम मा सभापति बल्मी ग्रामीण विद्युत सहकारी संस्था लि का अध्यक्ष रोहित बड़ाएक रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो।

विशिष्ट अतिथि बेलौरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लालबहादुर चौधरी ,केन्द्रिय विद्युत सहकारी संघ का अध्यक्ष गोविन्द भट्ट , लालझाडी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष टिका राम डगौरा अतिथि कैलाली कञ्चनपुर क्षेत्रिय सहकारी को सहा सचिव माया राम शर्मा,वडा सदस्य मोहन बडाएक,समाजसेवी लक्ष्मण राना ,रहनु भएको थियो। कार्यक्रम मा आय ब्याय प्रस्तुत बल्मी ग्रामीण विद्युत सहकारी संस्थाको कोषाध्यक्ष खुशीराम चौधरी ले  ३८ लाख ९८ हजार ७ सय ८१ रुपैयाँ ४० पैसा बराबर को आय व्याय प्रतिबेदन प्रस्तुत गर्नु भएको  थियो। कार्यक्रम मा स्वागत मन्तब्य  संस्था का उपाध्यक्ष मेघनाथ राना ले प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम मा प्रमुख अतिथि ले यो संस्था ले गत वर्ष देखि यो वर्ष प्रगाति गरेको हुनाले यो संस्था लाई विशेष धन्यबाद दिनु भएको थियो।विशिष्ट अतिथि बेलौरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लालबहादुर चौधरी ले यो संस्था विगत दिन देखि यो वर्ष मा प्रगति गरेको पाइएको छ र सँगै सिंचाई मा जोड दिनु होला भनेर जानकारी गराउनु भएको थियो। संस्था ले   सम्पूर्ण शेयर सदस्य लाई १ पिस का दरले cfl चिम वितरण गर्नु भएको थियो।भने  कार्यक्रम सञ्चालन संस्था की सचिव माया चौधरी ले गर्नु भएको थियो।