कैलाली: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा खटिएको प्रहरी टोलीले कर्डन एण्ड स्विप अपरेशनमार्फत विभिन्न स्थानबाट १० जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार, मिति २०८१ पुस १९ गते धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका लगायतका स्थानमा अपरेशन गर्दै कुल ८ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिहरू र बरामद लागुऔषध:
१. मोहन राना (३४ वर्ष, कञ्चनपुर कृष्णपुर न.पा. ०७):
६ ग्राम १८० मिलिग्राम खैरो हेरोइन

२. प्रभुपन राना (२५ वर्ष) र अमन राना (१८ वर्ष, कैलाली ध.उ.म.न.पा. ०७):
८४० मिलिग्राम खैरो हेरोइन

३. विक्रम बुढा (२३ वर्ष, टीकापुर न.पा. ०२) र मिलन टमटा (१९ वर्ष):
८० मिलिग्राम खैरो हेरोइन

४. बाहाली राना (२९ वर्ष, कैलाली ध.उ.म.न.पा. १३) र दिपक राना (३१ वर्ष):
५०० मिलिग्राम खैरो हेरोइन

५. प्रदिप राना (२४ वर्ष) र अनिल राना (३० वर्ष, कञ्चनपुर कृष्णपुर न.पा. ०९):
८९० मिलिग्राम खैरो हेरोइन

६. खेमराज महरा (४० वर्ष, बैतडी पाटन न.पा. ०८):
नास्ता पसलबाट ६९ ग्राम ३४० मिलिग्राम चरेश

पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी कानूनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार यस्तो अपरेशनलाई आगामी दिनमा थप प्रभावकारी बनाइनेछ।