ज्ञानु राना/धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ७ मा अवस्थित नव ज्योति कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा आज मिति २०८१ पौष १९ गते सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा निवर्तमान सुदूरपश्चिम प्रदेश सभा सदस्य श्री मालामती रता ड्यूज्यू हुनुहुन्थ्यो भने सभापतित्व सहकारीका अध्यक्ष श्री सिताराम रानाले गर्नुभएको थियो।

सभामा संस्थाको पूँजी संरचना, आर्थिक प्रगति, निक्षेप संकलन, कर्जा प्रवाह र मुनाफा सम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरियो।

संस्थाको अधिकृत शेयर पुँजी रु. ५ करोड रहेको छ।
२०८१ असार मसान्तसम्म संस्थाको चुक्ता शेयर पुँजी रु. १ करोड २९ लाख १२ हजार ६ सय पुगेको छ।
शेयर सदस्य संख्या २०८१ असार मसान्तसम्ममा ११४० जना पुगेको छ भने जगेडा कोष रु. १ करोड ११ लाख ५ हजार ६६८।४८ पुगेको छ।

२०८१ असार मसान्तसम्म संस्थाको कुल निक्षेप रकम रु. १५ करोड ६१ लाख ५२ हजार ९२३।६३ पुगेको छ।
यसैगरी, २०८०/८१ मा रु. १० करोड ३३ लाख ४९ हजार १६२।०८ कर्जा प्रवाह गरिएको छ।
संस्थाले कृषि, व्यापार, घर निर्माण, र स्वरोजगार प्रवर्द्धनमा लक्षित कर्जा प्रवाह गर्दै आएको छ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थाले रु. ३ लाख ८७ हजार ४१२।०६ शुद्ध नाफा आर्जन गरेको छ।

साथै ५ औं अधिवेशनबाट सम्पुर्ण संचालक समिती, लेखा समिती, शिक्षा समिती, ऋण समितीका पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन भनेर निर्वाचन संयोजक मा. प्यारेलाल रानाले बताएका हुन ।

५ औं अधिवेशनबाट अध्यक्ष मेघनाथ रानाथारु, उपाध्यक्ष भिराराम राना, सचिव मनोज विक्रम चौधरी, सदस्य भैलुराम राना, भजन राना, लिला कोइराला, अनिता चौधरी, महेन्द्र चौधरी, लेखा समिती संयोजक भिम पडल, सदस्य हर्षराज राना, आशा देवि चौधरी, ऋण समिती सदस्य जगतराम राना, शिक्षा समिती सदस्य मथुरा राना निर्विरोध निर्वाचित भएका हुन ।

सभाले आगामी वर्षका लागि विभिन्न कार्यक्रम र योजनाहरू घोषणा गरेको छ। जसमा खराब कर्जा नियन्त्रण, शेयर सदस्य वृद्धि, तालिमको आयोजना, सुपथ पसलको व्यवस्थापन र कृषियन्त्र अनुदानजस्ता योजनाहरू समावेश छन्।

सभामा उपस्थित सदस्यहरूले संस्थाको आर्थिक प्रगति र आगामी योजनाहरूप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै सहकारीको सफलताका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका थिए।