नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका ,कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिका मा यम रेड परियोजना को कार्यक्रम विभिन्न चरणबद्ध मा अन्तर्क्रिया सँगै छलफल कार्यक्रम सम्पन्न भएको छ। लालझाडी गाउँपालिका मा सुरुवाती चरण देखि अन्तिम २०२४ डिसेम्बर सम्मा सम्पूर्ण कार्यक्रम सम्पन्न भएको यमरेड परियोजना की सहजकर्ता मनिषा राना ले बताउनु भएको थियो।



लालझाडी गाउँपालिका मा वडा नं १ मा नौराँग,खल्ला बिच्वा,विनबारी,वडा नं २ मा कञ्ज,कस्वा,वडा नं ३ मा नन्द गाउँ ,डुङ्गा,वडा नं ४ मा पर्सिया ,खल्ला जाई, चन्दापुर,कृष्णपुर नगरपालिका वडा नं ३ बडबाइक टोल,त्यसै गरी बेलौरी नगरपालिका वडा नं ५ मा सुदर्शन गाउँ र उदयपुर गरी जम्मा १३ समुदायक मा यमरेडको सुरुवाती चरणदेखि२४ डिसेम्बर सम्मा सामुदायीक मा भएका क्रियाकलाप को गतिविधि कम्स पदाधिकारी तीनवटै कार्यदल पूर्व सूचना , प्राथमिक उपचार,खोज तथा उद्धार,उच्च संक्तसन्न घरधुरी,र सामुदायीक बीच सिंचाई आदानप्रदान (समुदायमा सेरिङ सेसन)गरेको साथै यमरेड परियोजना विभिन्न तवरमा छलफल गरी समुदायमा जानकारी गराई यो कार्यक्रम सम्पन्न भएको सामाजिक परिचालिका रानाले बताउनु भएको थियो।







