नरेश राना / कञ्चनपुर

सत्ताधारी नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएको छ । 

भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधनका लागि शनिबार पुनर्वासमा पुगेका प्रचण्डलाई काँग्रेस नेता गुरुङ्गले ज्ञापन पत्र बुझाएका हुन । 

समाजसेवी समेत रहेका काँग्रेस नेता गुरुङ्गले कञ्चनपुरमा हात्तीको तिव्र आतङ्क नियन्त्रण लागि तीनै तहका सरकारले कुनै पहल नगरेको भन्दै ज्ञापन पत्र बुझाएका छन । 

जिल्लाका तीनै तहमा अहिले काँग्रेस एमाले नेतृत्वमा सरकार भएपनि उनीहरुले प्रभावकारी पहल नगर्दा महिनै पिच्छे हात्तीले नागरिकको ज्यान लिनेदेखि धनजन, अन्नबाली, भौतिक सरक्षमा क्षति पु¥याईरहेको भन्दै प्रमुख प्रतिपक्षीय दलका हिसाबले पहल गरिदिन आग्रह गरेका थिए । 

ज्ञापन पत्र बुझ्दै प्रमुख प्रतिपक्षीय दलका नेता एव पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन । काँग्रेस, एमाले अहिले सुप प्रदेश र संघीय सरकारमा भएपनि काँग्रेस नेताले सत्ता गुरुङ्गले विपक्षी दलका नेता प्रचण्डप्रति विश्वास गरेर लालझाडी सहित कञ्चनपुरमा हात्तीको आतङ्क रोक्न विश्वासका साथ प्रचण्डलाई ज्ञापन बुझाएको कतिपयले अथ्र्याएका छन ।