नरेश राना / कञ्चनपुर
कन्चनपुर को लालझाडी गाउँपालिका मा नीडस संस्था को आयोजनामा लालझाडी गाउँपालिका मा तीन दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको थियो। कार्यक्रम ५ गते उद्दघाटन भई ७ गते सम्मा सहकारी सम्बन्धी भिविन्न विषय मा छलफल सँगै अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो।उद्दघाटन समारोह मा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ठ अतिथि लालझाडी गाउँपालिका का सहकारी शाखा का प्रमुख प्रभु राज जोशी रहनु भएको थियो ।





कार्यक्रम मा प्रमुख अतिथिले सहकारी ,सहकारी बीच एक आपसमा समान्य हुनु पर्छ ।सहकारी संस्था मा सेयर सदस्य ले बचत गर्न सिक्नु पर्ने हुन्छ । कार्यक्रम मा जानमति चौधरी राना र छेगुरा चौधरी ले प्राशिक्षक सहकारी सम्बन्धी तालिम दिनु भएको थियो।तालिम मा सहभागी हरु लाई समय ,समय मा प्राक्टिकल सँगै अन्तर्क्रिया गरी तालिम दिनु भएको थियो।सहकारी मा विधान को नीति नियम को विपरीत गरिरहेका सहकारी ले अब विधान को नीतिनियम मा रही काम गर्ने सुझाव दिनु भएको थियो। कार्यक्रम मा लालझाडी अन्तर्गत का कृषि ,बचत तथा ऋण,विद्युत सहकारी का पदाधिकारी को सहभागिता रहेको थियो।तालिम एक दम फलदायक रहेको भनी सहभागी खुसी व्यक्त गरेका थिए।






