नरेश राना /कञ्चनपुर 

कञ्चनपुरको लालझाडी गाउँपालिका मा भलमन्सा बरघर ऐन सम्बन्धी सचेतना , छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न कार्यक्रम मा सभापति लालझाडी गाउँपालिका का वडा नं २ का अध्यक्ष आशाराम राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको।विशिष्ठ अतिथि जिल्ला समन्वय समिति का सचिव साहेब राना ,थारु कल्याणकारी केन्द्रिय सदस्य गीता डगौरा,

अतिथि नेपाल राना थारु जिल्ला उपाध्यक्ष मनोहर राना , लालझाडी खेलकुद समिति का अध्यक्ष प्रकाश राना,पालिका स्तरीय भलमन्सा संयोजक अतिराम चौधरी रहनु भएको थियो। कार्यक्रम मा स्वागत मन्तब्य आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) कार्यक्रम संयोजक विस्वास चेपाङ ले दिनु भएको थियो।प्रमुख अतिथि ले भलमन्सा, पधना और चाकर को ऐन  कानुन पारित भयो भने हामीलाई हरेक कुरा मा सहयोग हुने बताएका थिए। कार्यक्रम मा ३ स्थानीय तह का भलमन्सा, पधना ,और चाकर को उपस्थिति रहेको थियो। कार्यक्रम लाई बल बहादुर डगौरा ले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम सञ्चालन आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) की संयोजक प्रेमवती रानाले सञ्चालन गर्नु भएको थियो।