कञ्चनपुर – कञ्चनपुरका एक जना अवैध काठसहित पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-४ बेलकुण्डी बस्ने दुखिराम राना घरभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध सालको काठ २ थान गोलिया (२१.१५ क्युफिट)सहित पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय गुलरिया, सब डिभिजन वन कार्यालय वाणी र हरियाली सामुदायिक वन गुलरियाको संयुक्त टोलीले बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद अवैध काठ र रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि हरियाली सामुदायिक वन गुलरिया, कञ्चनपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।