कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित दाइजो कृषि सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा  संस्थाका अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी पुर्व वन तथा वातावरण मन्त्री मा. नारदमुनी राना  ,विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , धनगढी-७ का पुर्व अध्यक्ष कालिराम राना , नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कमल सिं राना , देवरिया सा.व.उ.स. का अध्यक्ष शारदा प्र. राना , शिवनगर खानेपानीका उपाध्यक्ष दामोदर शाहु , नवज्योति कृषि सहकारी संस्था लि. का सदस्य भजन राना ,विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी बुद्धिजीवी र शेयर सदस्यको  उपस्थिति रहेको थियो । 
संस्थाको शेयर पुजी ६१ लाख ९६ हजार, शेयर सदस्य संख्या महिला २३० जना , पुरुष ३८७ जना गरि जम्मा ६१७ जना रहेका छन । जगेडा कोषमा १६ लाख १४ हजार ९ सय  ४४ रुपैया ४७ पैसा रहेको छ । ४ करोड ७५ लाख ७ हजार २ सय ०५ रुपैया ६० पैसा निक्षेप संकलन रहेको छ । ३ करोड ४८ लाख ६८ हजार २ सय २१ रुपैया ५५ पैसा ऋण लगानी रहेको छ भनेर दाइजो कृषि सहकारी संस्था लि. का सचिव दिपक राज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दाइजो कृषि सहकारी संस्था लि.को आ.व. २०८०/०८१ को वासलात  ६ करोड ६ लाख ८३ हजार ३ सय ८३ रुपैया ०८  पैसा बराबार रहेको भनेर दाइजो कृषि सहकारी संस्था लि. का लेखा समिती संयोजक नन्दगोपाल रानाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
०८०/०८१ को अनुमानित रकम ब्यवस्थापक बासुदेव रानाले प्रस्तुत गरेका थिए ।
उत्कृष्ट कृषि समुहका जानकी  राना र  सिमा राना ,असल ऋणी देवराज राना , उत्कृष्ट कृषक लौटन चौधरी र उत्कृष्ट कर्मचारी रङ्गो राना संस्थाबाट सम्मानित भएका हुन ।