नरेश राना /कञ्चनपुर
कञ्चनपुरको लालझाडीमा चौथो कञ्चनपुर सम्मेलन-२०८१ भव्यताका साथ सम्पन्न भएको छ। आइतबार लालझाडी गाउँपालिकाले आयोजना गरेको सम्मेलनमा जलवायु परिवर्तनले पछिल्लो समयमा पारेको असर र प्रभाव, विपद् जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशील कार्यक्रम आदिबारे छलफल गरिएको छ। कार्यक्रम मा लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना को सभापती मा कार्यक्रम सम्पन्न भएको थियो।


प्रमुख अतिथि कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले कञ्चनपुर र तराई क्षेत्रमा बाढी र डुबानको समस्या रहेको बताउँदै, नियन्त्रणका लागि बजेट विनियोजन भएको जानकारी दिए। सम्मेलनमा प्रतिनिधि सभा सदस्य, प्रदेश मन्त्री, कञ्चनपुरका नौ वटै पालिकाका प्रमुख ,उपप्रमुख तथा प्रतिनिधि, साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।



सम्मेलन पहिलो पटक २०७८ सालमा भीमदत्त नगरपालिकाबाट सुरु गरिएको थियो। दोस्रो पटक पुनर्वासमा, तेस्रो पटक दोधारा चाँदनीमा, र चौथो पटक लालझाडी गाउँपालिकामा संचालन गरिएको हो। पाचौं कञ्चनपुर सम्मेलन बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले बेलौरी नगरपालिकामा गर्ने घोषणा गरेका छन्।






