धनगढी – धनगढी उपमहानगरपालिकामा रहेकाे दाइजो कृषि सहकारी संस्थाले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) डडेल्धुराको सहयोगमा किसानहरूलाई विभिन्न कृषि सामग्रीहरू वितरण गरेको छ।

आज एक विशेष कार्यक्रमका बीच संस्थाका शेयर सदस्य तथा नेपाल राना थारु समाज कैलाली, कञ्चनपुरका केन्द्रीय अध्यक्ष कमलसिंह रानाको प्रमुख आतिथ्यमा यो वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष मानबहादुर राना, सचिव दीपकराज जोशी, व्यवस्थापक बासुदेव राना र सल्लाहकार सदस्य नन्दलाल रानाले किसानहरूलाई कृषि सामग्रीहरू हस्तान्तरण गरेका थिए।