नरेश राना / कञ्चनपुर, मंसिर ६ 

जंगली हात्तीको बथान समुहको आक्र्रमणबाट बाँच्नका लागि बिहीबारदेखि लालझाडी ४मा आउजाउ बन्द गरिएको छ । हात्ती पीडित संघर्ष समितिले बिहीबार साँझ ६देखि बिहान ६बजेसम्म हरेक दिन मानिसको आउजाउ बन्द गरिएको हो । 

हात्ती पीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले हात्तीको आक्र्रमणबाट बाँच्नका लागि हरेक दिन साँझ ६देखि भोलीपल्ट बिहान ६ बजेसम्म आउजाउ बन्द गरिएको बताए । उनका अनुसार स्थानीय प्रहरी र सरकार सहितका सरोकारवालासग समन्वय गरेर अघि बढ्ने बताए । पछिल्ला दुई महिनादेखि लालझाडीमा निरन्तर हात्तीले मानिसदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउँदैछ ।