नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ मा रहेको लालझाडी सामुदायीक स:मिल तथा फर्नीचर उद्योग को छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा लालझाडी सामुदायीक स:मिल तथा फर्नीचर उद्योग का अध्यक्ष विष्णु प्रसाद चौधरी सभापति रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो,विशिष्ट अतिथि लालझाडी सब डिभिजन प्रमुख करुणा कर जोशी , ई. प्र.का इन्चार्ज कस्बा का जीत बहादुर महरा ,CBAPU जिल्ला उपाध्यक्ष सहदेव राना रहनु भएको थियो।




साधारण सभामा स्वागत मन्तब्य लालझाडी सामुदायीक स:मिल तथा फर्नीचर उद्योग की कोषाध्यक्ष द्रोपती बोहरा राख्नु भएको थियो । कार्यक्रम मा कोषाध्यक्ष बोहोराले आय व्याय ९ लाख ६६ हजार ५ सय ६१ बराबर को कारोबार प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम मा प्रमुख अतिथि ले यो मिल को अवस्था हेरेर पालिका हुने सहयोग पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता गराउनु भएको थियो। कार्यक्रम मा लालझाडी अन्तर्गत का सम्पूर्ण सामुदायीक वन उपभोक्ता समूह का अध्यक्ष तथा सचिव हरुको उपस्थिति रहेको थियो।कार्यक्रम लालझाडी सामुदायीक स:मिल तथा फर्नीचर उद्योग का सह सचिव मोतीराम राना ले सञ्चालन गर्नु भएको थियो।






