नरेश राना /कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ स्थित पर्सियामा हात्तीहरुले घर भत्काएका घर परिवारलाई लालझाडी गाउँपालिकाले राहत वितरण गरेको छ । राहत वितरण गर्ने क्रममा १ थान त्रीपाल , २५ केजि चामल , उज्यालोको लागि बल्ब र विद्युतको तार लालझाडी ४ का मन्तिया राना र सर्वन रानालाई गाउँपालिका अध्यक्ष निर्मल रानाले राहत वितरण गरेका हुन । दैनिक आउने हात्ती लाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय त्रसित छन्।

हिजो देखि दिनभरि हात्ती लालझाडी ४ को उखु बारी मा बसेका हुन्छन् साँझ हुने बितिक्कै गाउँ तिर का उखु खाने दैनिकी भएको स्थानीय दुखेसो पोखेका छन् । आज देखि स्थानीय को राहत को लागि यस क्षेत्रमा सशस्त्रको टोलि खटिएको  गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका हुन ।