नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको भृकुटी बोर्डिङ्ग स्कूल ले ३ तिने उद्घोषक तालिम समापन गरेको छ ।पूर्व विद्यार्थी समाज को आयोजनामा १४ गते देखि सञ्चालन भएको तालिम मा १६ गते सम्पन्न भएको थियो।समापन समारोह सभापति पूर्व विद्यार्थी समाज का अध्यक्ष भूपेन्द्र राना रहनु भएको थियो भने प्रमुख अतिथि भृकुटी बोर्डिङ स्कुल का MD भक्ता राना,विशिष्ठ अतिथि लालझाडी गाउँपालिका वडा नं ४ का पूर्व भल्मन्सा जगन्नाथ राना,नारायन राना रहनु भएको थियो।




उद्घोषक तालिम मा स्वागत मन्तब्य शिक्षक गणेश राना ले प्रस्तुत गरेको थियो। कार्यक्रम मा प्रमुख अतिथि ले यो उद्घोषक तालिम यस क्षेत्र का विद्यार्थी हरु लाई बौद्धिक क्षमता को विकास बढाउन का निम्ति यो कार्यक्रम सञ्चालन गरेको थियो अझै यो क्षेत्रमा यस्तै किसिमका तालिमहरु सञ्चालन गर्ने वाचा गर्नु भएको थियो। तालिम मा B+मीडिया का संचालक भानु प्रताप राना तथा न्युज नेपाल का सञ्चारकर्मी सरस्वती राना ले तालिम दिनु भएको थियो।






