नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका मा सीमान्तकृत र जोखिम मा परेका समुदायका नागरिकको चेतना तथा क्षमता गर्न स्थानीय तह मा सेवा प्रवाह र हकमा जनसहभागितामा अभिवृद्धिका लागि कानुनी मेला कार्यक्रम तथा साझा सवाल लालझाडी गाउँपालिका मा सम्पन्न भएको छ। UNDP को सहयोग तथा लालझाडी गाउँपालिका को सहकार्य र MPDS डडेलधुरा को आयोजन मा सो कार्यक्रम सम्पन्न भएको थियो।




कार्यक्रम २ दिन सम्म संचालन भएको थियो भने पहिलो दिन सीमान्तकृत र जोखिम मा परेका समुदायका नागरिकको चेतना तथा क्षमता गर्न स्थानीय तह मा सेवा प्रवाह र हकमा जनसहभागितामा अभिवृद्धिका लागि कानुनी मेला कार्यक्रम लालझाडी गाउँपालिका को वडा नं ६ को रामेश्वर विद्यालयमा भएको थियो भने दोस्रो दिन साझा सवाल लालझाडी गाउँपालिका को सभा हल मा भएको थियो। कार्यक्रम मा समूदाय मा रहेको विभिन्न किसिमका मुद्दा ,झै झगडा ,घरायसी झगडा,को र न्याय सम्बन्धी परामर्श तथा सरसल्लाह दिई महिला को गोप्य कुरालाई उजागर गरेर समुदाय मा चेतना फैलाउने जस्ता क्रियाकलाप यस संस्था ले गरिरहेको MPDS संस्था का प्रमुख धन बहादुर भण्डारी ले जानकारी गराउनु भएको थियो।



कार्यक्रम मा सभापति लालझाडी गाउपलिका उपाध्यक्ष तथा न्यायसमिती की संयोजक सपना चौधरी राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो,विशिष्ट अतिथि लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की रहनु भएको थियो, कार्यक्रम मा समुदायका विभिन्न समस्य मा परेका व्यक्तिहरु को उपस्थिति रहेको थियो कार्यक्रम लाई प्रवक्ता युवराज जोशी ले सहजीकरण गर्नु भएको थियो।






