महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार मातहतका दुई कार्यालयका कार्यालय प्रमुख फेरिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी सरुवा गरेपछि यातायात व्यवस्था कार्यालय र डिभिजन वन कार्यालयका प्रमुख फेरिएका हुन् ।

डिभिजन वन कार्यालयका प्रमुख भीम प्रसाद कँडेल डडेल्धुरा डिभिजन वन कार्यालय सरुवा गरिएका छन् । उनको स्थानमा डिभिजन वन कार्यालय पहलमानपुरका रामविचारी ठाकुर सरुवा गरिएका छन् । कँडेल गत वर्ष बैतडीबाट कञ्चनपुर सरुवा गरिएका हुन ।

यसैगरी यातायात व्यवस्था कार्यालयमा भोजराज भट्ट सरुवा गरिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय धनगढीबाट भट्टलाई सरुवा गरिएमो हो ।

प्रदेश सरकारले कार्तिक ७ गते प्रमुख सचिव स्तरीय निर्णयबाट इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवाका कर्मचारीको सरुवा गरेको हो ।