नेपाल रानाथारु समाजको ७ औं महाधिवेशनलाई एक समुहले बहिष्कार गर्दै नेपाल रानाथारु समाजको कैलाली-कंचनपुरको केन्द्रिय समानान्तर समितीका अध्यक्ष रबि राना सहित१७ जनाको कार्यसमितिति गठन भएको छ ।
नियम अनुसार निर्वाचनको लागि असोज २४ गते निर्वाचन मण्डललाई नयाँ आजिवन सदस्यलाई स्वीकार नगर्ने भनेर जानकारी गराएका थियौ तर अन्तिममा ३० गते निर्वाचन हुनु भन्दा पहिले नयाँ सदस्यको नाम थप गरेका हुन । यहि कुरामा बिरोध हुदा समेत कार्तिक ३ गते निर्वाचन गराएका थिए । निर्वाचन हुनुभन्दा पहिले हामीले निर्वाचनलाई पत्रकार सम्मेलन गरि बहिष्कार गरी जानकारी गराएका थियौ यती हुदा पनि जबरजस्ती एकतर्फी चुनाब गराएको भनेर रबि रानाले बताएका हुन ।

पत्रकार सम्मेलन कार्तिक २ गते
विधान विपरित निर्वाचन अधिकृत तोकिएको । विधानको उद्देश्य विपरित समाजलाई एकत्रीत गरी राजनितीको रंग नदिने गरी कार्य सञ्चालन गर्नु पर्नेमा समाजका सदस्यलाई नै विखण्डन गराउन खोजेको । संस्था नविकरण नभई अधिविशेन गराई निर्वाचन गराएको । वार्षिक रुपमा सधारण सभा नगराएको र नियमित संस्थाको बैठक नबसेको । संस्थाको रकम बेरुजु देखाएको रकममा महाधिवेशनलाई जानकरी नगराई आर्थिक लगायतका प्रतिवेदन परित नगरएको । नेपाल रानाथारु समाजको विधान परिच्छेद ४ को ४.४ नेपाल रानाथारु समाजको काम कर्तव्य र अधिकार अनुसार तर्फ ४.४ (छ) अनुसार समाज विपरित काम गरेमा समाज भित्र फुट ल्याउने गरी समाजलाई राजनितीमा प्रयोग गरेमा विधान अनुरुपमा कार्य नगेरेमा सदस्य हरुलाई निलम्बन गरी सधारण सभामा सिफरिस गर्ने समेत रहेकोले समाजका प्रतिनिधिहरु बन्दसत्रमा उठाउदा अटेर तथा जवरजस्ती अगाडी बढेको थियो भनेर असन्तुष्ट पक्षले जानकारी गरेका हुन ।

नेपाल रानाथारु समाजको कैलाली-कंचनपुरको केन्द्रिय समानान्तर समितीको कार्यसमितिको पदाधिकारीको नाम :-अध्यक्ष – रबि रानाउपाध्यक्ष – प्रेमवती रानाउपाध्यक्ष – सुरेश बडायकमहासचिव – जगदिश रानासचिव – रंजित रानासचिव – भजन लाल रानाकोषाध्यक्ष – पृथ्वी रानाथारुसदस्य – गर्भु रानासदस्य – मुखलाल रानासदस्य – राजेन्द्र रानासदस्य – राम कुमार रानासदस्य – सेवनिया रानासदस्य – मनोहर रानासदस्य – मेघनाथ रानासदस्य – सिता रानासदस्य – कृष्णा कुमारी रानासदस्य – भागरथी राना।






