दिनेश राना/धनगढी: नेपाल रानाथारु समाजको सातौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आज एक विशेष समारोहका बीच आफ्नो कार्यभार सम्हालेको छ।

नेपाल रानाथारु समाजको नवनिर्वाचित अध्यक्ष कमलसिंह रानासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। निवर्तमान अध्यक्ष कृपाराम रानाले अध्यक्ष कमलसिंह रानालाई औपचारिक रूपमा पद हस्तान्तरण गर्दै समाजको नेतृत्व सुम्पिएका छन्।

शनिबार सम्पन्न निर्वाचनबाट समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना, कोषाध्यक्षमा चन्द्रकिरण राना, सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमिता राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो कार्यकालमा समाजको हितका लागि अझ बढी काम गर्ने प्रतिबद्धता जनाएका छन्।