कञ्चनपुर।आजदेखि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला फुटबल प्रतियोगिता हुन लागेको छ । विजयादशमीका अवसरमा हरेक बर्ष जस्तै यस बर्षपनि बेलडाँडीमा बिहीबारदेखि फुटबल प्रतियोगिता हुन लागेको हो ।
एकता युवा समाजको आयोजनामा यस बर्षपनि बेलडाँडी फुटबल महोत्सव ०८१ आयोजना हुन लागेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । एकता युवा समाजका अध्यक्ष ललित गिरीले फुटबल प्रतियोगिताको तयारी पुरा भएको बताए । अध्यक्ष गिरीका अनुसार १८ टिमविच प्रतिस्पर्धा हुने छ ।




अध्यक्ष गिरीले ग्रामिण भेगको खेलकुद बृद्धि विकासदेखि खेलाडी उत्पादन गर्ने उदेश्यले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘यो खेलाडीका लागि एक स्वर्णीम अवसर पनि हो, ‘उनले भने, ‘यस बेललडाँडी मात्रै होईन क्षेत्र जिल्लाकै खेलकुद बृद्धि विकासमा टेवा पुग्छ ।’ एकता युवा समाजका महासचिव गणेश राज जोशीले खेललाई सभ्य, भव्य, पारदर्शी, बताईने बताए ।
महासचिव जोशीका अनुसार विजेता टिमलाई १ लाख ५ हजार ५ सय ५५ रुपैया र उपविजेताका लागि ५९ हजार ९सय ९९ रुपैया सहित ट्रफी,प्रमाण पत्र, मेडल दिइने छ । एकता युवा समाजका सल्लाहकार सदस्य केशव विष्टले दशैंको रौनका रुपमा परिचित बेलडाँडीको फुटवल महोत्सव भएको बताए । ‘दशैको बेला घर बाहिर रहेका सम्पूर्ण नेपाली बेलडाँडीका दाजुभाई घर आउने हुदा यसलाई झन मर्यादित बनाउन पालिका सहितका सरोकारवालको साथ सहयोग आवश्यक छ, ‘उनले भने, ‘गाँउको खेलकुद विकासका लागि सरोकारवालाको साथ सर्मथनको विकल्प छैन ।
दशैको मुखैमा हुने उत्साहजनक फुटबल महोत्सवको आनन्द लिन सबै खेलप्रेमीहरुलाई समेत अनुरोध गरिएको छ । खेल सम्पन्न गर्न ५ लाख खर्च हुने अनुमान गरिएको छ । दशैँका बेला बेलडाँडीमा फुटबलको रौनक हुनेभएपछि खेलकुदप्रेमी, खेलाडी सहितका स्थानीय हर्षित भएका छन । बेलडाँडीमा दशकौँदेखि दशैका बेला खुला फुटबल प्रतियोगितालाई अहिलेसम्म निरन्तरता दिईएको छ ।
दशौँ, आयो की बेलडाँडी गाँउपालिका २ रौलेश्वर माध्यामिक विद्यालयको प्राङगणमा फुटबल प्रतियोगि हुन्छ, भन्ने हरेक खेलाडीको मुटुमा प्रतिबिम्ब गर्छ । फुटबल प्रतियोगिता हुने स्थानको छेउमै रहेको कालिका मन्दिरमा नवरात्रीका दिन ठुलो धार्मिक मेला लाग्ने भएकाले दशै, फुटबल, मेलाले बेलडाँडीमा रौनकता छाउँदै आएको छ ।






