लालझाडी / कञ्चनपुर , :- गरिबीका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरूले अत्यन्त दुःख तथा अमानवीय व्यवहार सहनुपरेको छ । एकातिर उनीहरूले विदेशमा गएर जटिल काम गर्नुपरेको छ भने अर्काेतिर अपांग एवं ज्यानसमेत गुमाउनु परेको छ । यति मात्र होइन, धेरैजसो नेपाली युवतीहरू विदेशमा गई यौन शोषणको शिकार भएका छन् भने कतिपयको लाश आजसम्म पनि बेपत्ताकै अवस्थामा भएका बेला कतिपयलाई दलालले अलपत्र पारिदिएको छ ।






