पुनर्वास- कंचनपुरको पुनर्वासमा विद्यालयको बसबाट ओर्लिने क्रममा लडेर घाईते भएका एक बालकको मृत्युु भएको छ ।

शुक्रबार साझ करिब साढे पाँच बजेको समयमा पुनर्वास नगरपालिका-३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै  ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास-५, ग-गाउँका चक्र खातीका  ८ वर्षिय छोरा करन खातीको उपचारका क्रममा शनिबार राती भारतको मेडासिटी हस्पिटलमा मृत्युु भएको हो ।

मृतक करन एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए । उनको आईतबार  महाकाली अस्पताल महेन्द्रनगरमा पोष्टमार्टमका लागि राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिए

विद्यालयको  बस र चालक पुनर्वास नगरपालिका-५ का कमल थापालाई  नियन्त्रणमा लिई थप अनुसन्धानका लागि  अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

घाईते भएका करनको प्रारम्भिक उपचार पुनर्वास पोलिक्लिनिक र धनगढी स्थित निसर्ग हस्पिटलमा गरिएको थियो ।