उमेश राना/धनगढी: सुदूरपश्चिम प्रदेशको धनगढीमा सञ्चारकर्मीहरुलाई यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको सुचना सम्प्रेषण गर्ने क्रममा लैङ्गकि संवेदनशिल कसरी बनाउने भन्ने विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

शुक्रबार सुदूर पश्चिम समाजले धनगढीमा यूएनडिपीको आर्थिक सहयोगमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको सुचना सम्प्रेषण गर्दा कसरी लैङ्गकि संवेदनशील बनाउने भन्ने विषय बारेमा सञ्चारकर्मीहरुलाई कार्यशाला गोष्ठी संचालन गरिएको हो।

सुदूर पश्चिम समाजका कार्यक्रम सयोजक तथा यौनिक तथा लैगिक अल्पसंख्यकहरुको महासंघका अध्यक्ष राजु लामा र यौनिक तथा लैगिक अल्पसंख्यकका राष्टिय कार्यक्रम संयोजक सिमरन शेरचनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

उक्त कार्यशाला गोष्ठी कार्यक्रममा धनगढीमा विभिन्न सञ्चारमाध्यम मा कार्यरत संचारकर्मीको उपस्थितीमा कार्यशाला गोष्ठीको आयोजना गरिएको सुदूर पश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताउनु भयो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक के हो? र यो समुदायको समस्याहरु के रहेको छन् भन्ने विषमा प्रस्तुतीकरण यौनिक तथा लैगिक अल्पसंख्यकका राष्टिय कार्यक्रम संयोजक सिमरन शेरचलन गर्नु भएको थियो। यसैगरी कैलाली जिल्लामा पहिलो पटक विवाह दर्ता गर्न सफल मनिला न्यौपाने र प्रकाश चौधरीले आफ्नो जीवनको संघर्षको विषयमा समेत बताउनु भएको थियो ।

  कैलाली जिल्ला पत्रकार महासंघका अध्यक्ष हिमाल जोशीले संचारकर्मीले कसरी सुचना सम्प्रेण गर्न सकिन्छ भनेर बारेमा कैलाली जिल्ला पत्रकार महासंघका अध्यक्ष हिमाल जोशीले प्रस्तुतीकरण दिनु भएको थियो। विभिन्न सञ्चारगृहका सञ्चारकर्मीहरुले विभिन्न समूह कार्य पश्चात कतिपय यो विषयमा कुराहरु अझै थाह नपाएको र अब आउने दिनमा हामीलाई यसबारे समाचार सम्प्रेषण गर्दा सहज हुने विश्वास जागेको बताउनु भयो। 

कुनै पनि पिछडिएको समुदायको अधिकार तथा पैरवीको लागि सवै तह तप्का बाट सहयोग एकदमै आवश्यक रहेको र संचारमाध्यम एक प्रमुख पाटो हो। जसले पछाडि पारिएको समुदायको अधिकार प्राप्तीको लागि ठुलो योगदान दिन महत्त्वपूर्ण भुमिका खेल्ने गर्छ। त्यसैले सम्पूर्ण संचारमाध्यमले पनि यस समुदायको अधिकारको लागि सहयोग गर्नु पर्ने साथै सरकारका विभिन्न तहहरुलाई पनि झकझकाउन सुदूर पश्चिम समाजका कार्यक्रम सयोजक तथा यौनिक तथा लैगिक अल्पसंख्यकहरुको महासंघका अध्यक्ष राजु लामा अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा समापन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाहले गर्नु भएको थियो ।