कञ्चनपुर, ११ असोज । कञ्चनपुर प्रहरीले बेलौरीबाट एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०९।१२ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ वर्ष ७ महिना २५ दिन कैद सजाय तोकिई फरार रहेका बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय सूर्य बहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।






