बेलौरी :- कञ्चनपुरको बेलाैरीमा रामलिलाकाे तयारी भइरहेको छ । बेलाैरी साँस्कृतिक तथा रामलिला समितिद्वारा रामलिला सञ्चालनकाे तयारी भइरहेको हाे ।




तिहार लगत्तै बेलाैरीकाे खुला मञ्चमा रामलिला सुरु गर्ने लक्ष्यका साथ समितिले साेमबार देखि औपचारिक रुपमा तालिम प्रारम्भ गरेको रामलिला समिति संयोजक दिनेश कुँवरले बताए । संयोजक कुँवरका अनुसार शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखि सक्दो सहयोग गर्ने उद्देश्यका साथ बेलाैरीमा रामलिला सञ्चालन गर्न लागिएको हाे ।




साेमबार बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीले रामलिला तालिम प्रारम्भ समारोहकाे औपचारिक उद्घाटन गरेका छन् । मेयर चाैधरीले तालिमको उद्घाटन गर्दै रामलिलाले धार्मिक एवम् सामाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।, उनले सामान्य चियागफ बाट रामलिला सञ्चालन गर्ने कुरा उठेपछि आफूले त्यसतर्फ जाेड दिएको बताए ।
मेयर चाैधरीले बेलाैरीमा करिब दुई दशक लामाे समयपछि रामलिला सञ्चालन भइरहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले रामलिलामा श्रद्धालु भक्तजन सबैलाई सहभागी हुन अपिल गरेका छन् ।
यस्तै, उक्त रामलिला सञ्चालनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टकाे समेत महत्त्वपूर्ण सहयोग र सद्भाव रहेको जनाइएको छ ।
यस्तै, रामलिला समिति विशेष सल्लाहकार प्रेमसिंह बाेहराले तालिममा रावणकाे पाठ प्रदर्शन गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । रामलिलाकाे राम्रो अनुभव भएका बाेहराले तालिम प्रशिक्षण एवम् मार्गदर्शन गर्ने छन् ।
बेलाैरी नगरखेलकुद समिति अध्यक्ष एवम् रामलिला समिति सचिव रामेश्वर न्याैपानेले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, विद्यार्थी, समाजसेवी बुद्धिजीवी एवम् सराेकारवालाहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।






