बेलौरी: कञ्चनपुरको बेलौरीमा एक जना होटेल सञ्चालकमाथि कुटपिट भएको खबर प्राप्त भएको छ ।

बेलौरी बजारमा फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेश कुमार वडायकमाथि धारिलो बस्तुले कुटपिट भएको बताइएको छ । वडायकको निधारमा गहिरो चोट लागेको तस्बिरमा देखिन्छ । कसले के कारणले कुटपिट गरेको भन्ने त पुष्टि भएको छैन । तर वडायकले अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा हालेको सानो भिडियोमा उनले आरआइटी र सिआइवीको टिमले कुटपिट गरेको भनेका छन् ।

रातिको समयमा अचानक केही अराजक तत्त्व डिआइजीको मान्छे भन्नेले मलाई साङ्घातिक हमला गरेको र बेलौरी इलाका प्रहरी कार्यालयले पनि कुनै सुनुवाइ नगरेको उनले आरोप लगाएका छन् । यश विषयमा थप विवरण खुल्न बाँकी छ ।