दिनेश राना/कैलाली: कञ्चनपुरको लाझझाडिमा बाघको आक्रमणमा परेर बेलौरीकी एक महिला घाइते भएकी छन् ।
बिहिबार लालझाडी गाउँपलिका-६ ढक्कास्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा बेलौरी नगरपालिका-९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा च्याउ टिप्ने क्रममा पाटे बाघकाे आक्रममा परि घाइते भएको बेलौरी नगरपालिका-९ का वडा अध्यक्ष किसन रानाले बताए ।
वडा अध्यक्ष रानाका अनुसार करिब १०/१२ जना महिलाहरुको समुह च्याउ टिप्ने क्रममा पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो ।
सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ । बाघको आक्रमणमा परि डगौराको आखा र टाउको पछाडी चोट लागेको स्थानीय प्रेम चन्दले बताए ।
उनको आखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको स्थानीय चन्दले बताए । उनको अहिले धनगढीस्थित नव जीवन अस्पतालमा उपचार भइरहेको छ ।






