नरेश राना/कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेलमिलाप कर्ताको लागि सामुदायीक मेलमिलाप सम्बन्धी पुनर्ताजगी प्रशिक्षण कार्यक्रम कृष्णपुर नगरपालिकाको आयोजन मा RACC-DF को समन्वयमा सो कार्यक्रम सोमबार देखि ३ दिनको तालिम सम्पन्न भएको हो। समापन कार्यक्रममा सभाध्यक्ष कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले यो कार्यक्रम मेलमिलाप कर्ता हरुको लागि राखिएको हो।

यो कार्यक्रम बाट मेलमिलाप कर्ता ले समाज मा हुने गरेका विवाद कसरी मिलाउने भन्ने विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रमलाई तीन दिन सम्म मेलमिलाप कर्ता हरुलाई विवादका विषयमा दुवै पक्षको विवाद कसरी सजिलो तरिकाले मिलाउन सकिने हो भन्ने विषयमा प्रशिक्षक अधिवक्ता पुस्प बिक्रम शाहीले सहजीकरण गर्नु भएको थियो।

तीन दिन सम्मको तालिम मा मेलमिलाप कर्ता का वार्ड संयोजक, मेलमिलाप कर्ता, न्याय समिति का सदस्य हरुको उपस्थिति रहेको थियो।