नरेश राना/कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकामा पूर्ण खोप सुनिशचितता तथा दिगोपना घोषणा गरीएकाे छ ।
लालझाडी गाउँपालिकामा सोमबार पालिकाको सभा हल मा एक औपचारिक कार्यक्रमको आयोजन गरी पूर्ण खोप सुनिशचितता तथा दिगोपना घोषणा गरीएकाे छ । उक्त कार्यक्रम लालझाडी गाउँपालिकाको अध्यक्ष निर्मल राना सभापतित्वमा कार्यक्रम गरिएको थियो भने जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त बोहराको प्रमुख अतिथिमा रहेकाे कार्यक्रममा विशिष्ठ अतिथि लालझाडी गाउँपालिकाको उपाध्यक्ष सपना चौधरी राना, जिल्ला जनस्वास्थ्य प्रमुख, वडा अध्यक्ष, कार्य पालिका सदस्य, स्वस्थ शाखा प्रमुख, नेपाल पत्रकार महासंघको अध्यक्ष स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाई सकेपछि लालझाडी गाउँपालिकालाई पूर्व खोप सुनिशचितता तथा दिगोपना घोषणा गरिएको छ । बालबालिकालाई प्रत्येक महिना १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोप बाट छुटेका बालबालिकालाई माघ देखि बैशाख सम्मा खोज तथा खोप चलाउने गरिएको थियो । छुटेका बालबालिकालाई अभियानले समेटे पछि पूर्ण खोप सुनिशचितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
जिल्ला पुर्ण खोप समन्वय समितिका संयोजक एबम् जिल्ला समन्वय समितिका प्रमुख बोहराले लालझाडी गाउँपालिका का अध्यक्ष तथा उपाध्यक्षलाई प्रमाण–पत्र प्रदान गरी पूर्ण खोप सुनिशचितता घोषणा गरिएको छ । कार्यक्रममा वडाका वडा अध्यक्ष, स्व्येमसेबिकालाई विशेष धन्यबाद दिदै अध्यक्ष रानाले आउँदा दिनमा यस्तै कामको अपेक्षा गर्नु भएको थियो। कार्यक्रमलाई स्वस्थ शाखा संयोजक खगेन्द्र चौधरीले सञ्चालन गर्नु भएको थियो ।








