नरेश राना/कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिकामा विपन्न महिला, दलित, विपन्न वर्ग, र अपाङ्गका लागि अनुदानमा बाख्रा वितरण कार्यक्रम सम्पन्न छ ।

लालझाडी गाउँपालिका वडा नं ४ को आयोजनामा सो कार्यक्रम मंगलबार सम्पन्न भएको हो। उक्त कार्यक्रम वडा नं. ४ का वडा बहादुर रानाको सभापतित्व मा सम्पन्न भएको हो उनले भने वडामा रहेको एकल महिला दलित, विपन्न वर्ग र आपाङ भएका व्यक्तिलाई केही जिविकपर्जनक लागि र केही राहत होस भनेर हामी यस वडा बाट केहि बजेट छुट्याई बाख्रा वितरण गरेको छौ ।

वडा भित्र रहेका महिलालाई विशेष ग्रहायता दिई सो बाख्रालाई यो मेरो बाख्रा हो भनेर पालिने छन् भनेर वार्ड अध्यक्षले लभङ्गभिकलाई जानकारी दिनुभएका थियो। वडा भित्र रहेका सम्पूर्ण महिलाको मूल्यांकन गरी १४ जनालाई बाख्रा वितरण गरेका छौं। यो कार्यक्रम निरन्तर आउँदो वर्ष पनि हुने वडा सचिव दुर्गा प्रसाद ढुङ्गानाले जानकारी दिनुभएको थियो। कार्यक्रममा पशु शाखाका प्रमुख विशन् सिंह भट्ट, जनप्रतिनिधि, पत्रकार, समाजसेवीको उपस्थिति रहेको थियो।