नरेश राना/कञ्चनपुर। कञ्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला अवस्थामा फेला परेकी छन्।
जिल्लाको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।
उनी झुण्डिएको अवस्थामा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन।
आज विहान घरको आफ्नै सुत्ने कोठामा ती किशोरी मृत अवस्थामा फेला परेको डिएसपी डाँगीले जानकारी दिए। मृतकको महाकाली प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरी शव परिवारलाई हस्तान्तरण गरिएको छ।






