नरेश राना/कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक घरमा आगलागी हुँदा लाखौको क्षति भएको छ। लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको रत्ती सार्कीको घरमा सोमबार दिउँसो गोठ र घरमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको सार्की परिवारले जानकारी दिनु भएको थियो।
आगलागी कसरी लाग्यो कसैलाई थाहा छैन अचानक धुवाँ निस्केको देख्दा छिमेकीहरु र गाउँलेहरुको सहयोगमा आगोलाई नियन्त्रण गरिएको थियो। घरमा कोई ना हुँदा साना साना २ बच्चा भित्र सुतिरहेको अवस्थामा अचानक आगलागी भएको स्थानीयले बताएका थिए।

घरमा रहेको लत्ताकपडा रासन र नगद पैसा सबै जलेर नष्ट भएको रत्ती सार्कीले बताउनु भएको थियो। आर्थिक अवस्था कमजोर भएकोले खानालाई राखेको अन्न र छोराले पठाएको पैसा जलेको दुखेसो पोख्दै सार्कीलाई कुनै संघ संस्था तथा स्थानीय सरकारले सहयोग गरिदिन बताएका छन्। गोठमा बाँधिएको भैंसी आधा जलिएको थियो।






