नरेश राना/कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा रहेको राना थारु संग्राहलय र बेलौरी नगरपालिका ५ मा रहेको कालेश्वर महादेव मन्दिर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहितको टोलिले अवलोकन गरेका छन ।

शनिवार दिउसो मुख्यमन्त्री शाहले दुवै ठाउँको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा मुख्यमन्त्री शाहले आफू पहिलो पटक यस क्षेत्रमा आएकोले आगामी दिनहरूमा यस क्षेत्रको विकासका लागि लाग्ने बताए । उनले संग्राहलय र मन्दिरका थप संरचना निमार्णको लागि आफ्नै स्रोत साधनलाई मिलाएर अघि बढ्ने बताए ।

मुख्यमन्त्री शाहको अवलोकन टोलीमा सुदूरपश्चिम प्रदेश सभाका सामाजिक बिकाश मन्त्री झपट बहादुर साउद प्रदेश सभा सदस्य माननीय दिवान सिंह बिष्ट , माननीय गीता चौधरी समेतको उपस्थिति रहेको थियो।

पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको सो राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागको आर्थिक सहयोगमा ६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।निर्माण भएको सङ्ग्रहालय पुनर्वास नगरपालिकालाई हस्तान्तरण भइसकेको छ ।